Monday, January 30, 2017

Riya in Malaysia - riya serestha ( रिया श्रेष्ठ ) live performance at malaysia

विदेशमा नेपाली कलाकारहरुले कलाकारीताकै बेइज्जत



चिनियाँ नयाँ वर्षको अवसर पारेर मलेसियामा आोयजना गरिको 'युनिक सांस्कृतिक धमाका ४' नामक कार्यक्रममा नेपाली कलाकारहरुले धमाका नै गरेका छन्।  धमाका यस अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन् ।



कला, नृत्य र कार्यक्रमको सम्यता बिर्सेर छाडापनमा उत्रेकी रियाको उत्तेजक प्रस्तुतीको भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।



नेपाली कलाकारहरु आफ्नो देशको संस्कृति बोकेर विभिन्न साँस्कृतिक कार्यक्रमहरुका लागि विदेश जाने क्रम निक्कै बढ्दै छ । लामो समय सम्म आफ्नो गाउँ ठाउँको न्यास्रो बोकेर विदेशमा बसेका नेपालीहरु नेपालबाट आएका कलाकारहरु भनेपछि भुतुक्कै हुन्छन् । आफ्नै दाजुभाई दिदिबहिनी आएजस्तै गरी माया गर्छन् अनि सम्मान गर्छन् ।



रिया श्रेष्ठ नामकी यो मोडल र हास्य कलाकार भनी पहिचान बनाएका ईकु सुलेमान शंकर र उनीहरुजस्ता व्यक्तिहरुको यो प्रस्तुतीले कला, नृत्य र साँस्कृतिक कार्यक्रमकै उपहास गरेको छ ।



कुन कोणबाट यो नृत्य हो ?

कस्तो कला हो यो ?

केटाहरुको माझमा एउटी छाडा केटीको उश्रृङ्खल हर्कतलाई साँस्कृतिक कार्यक्रम भन्न सुहाउँछ ?



के यही हो कलाकारिता?

के विदेशमा बसेका नेपालीहरु यही चर्तिकला र नाङ्गोपन हेर्न हुरुक्क भएर कार्यक्रमहरुमा जान्छन्?

के यसरीनै हुन्छ नेपाली कलाकारिताको विकास र सम्मान ?



यस प्रकारका हर्कतहरुले विदेशमा बसेका कलाप्रेमीहरुको उपहास त गरेकै छ साथै सच्चा कलाकारहरुलाई समेत आघात तुल्याएको छ । अश्लिलता र छाडापनले क्षणिक चर्चा त पाइएला तर त्यसले दिर्घकालका लागि कलाकार कला अनि कलाप्रेमी सबैको अस्थित्व सखाप पार्नेछ ।





No comments:

Post a Comment