लामो समयदेखि विखण्डनको राजनीति र तराईलाई नेपालबाट छुट्ट्याई फरक राज्य बनाउने खुला अभियानसँगै अन्तर्राष्ट्रिय समुदायको अनुमोदन हासिल गर्न सक्रिय डा. सीके राउतलाई बिहीबार जनकपुरस्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरस्थित आफ्नै कोठाबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
राउतले एक आमसभा नै गरेर देश टुक्र्याउने अभिव्यक्ति दिएकोले उनलाई प्रहरीले पक्राउ पुर्जी काटेको थियो । उनी पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । राउतले मधेसलाई छुट्टै राज्य बनाउनु पर्ने माग राख्दै कडा अभिव्यक्ति दिने गरेका छन् ।
माघ ५ गते लाहानको सहिद पार्कमा आयोजित बलिदानी दिवस कार्यक्रममा राउतले सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।
यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जानकारी धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले गराएका छन् ।
स्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यो मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।
राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।
राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ ।
को हुन् राउत?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।
एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।
राष्ट्रिय सुरक्षामा चुनौती'
सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके
राउत र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय सुरक्षामा चुनौती
थपेको विश्लेषण गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राउत
र चन्दका गतिविधि राष्ट्रिय सुरक्षालाई चुनौती दिने प्रकृतिका रहेको विश्लेषण
गरेका हुन् । राउतलाई जनकपुरमा पक्राउ गरेपछि बिहीबार सिंहदरबारमा बसेको
मन्त्रिपरिषद् बैठकमा निधिले राष्ट्र विखण्डन गर्न खोज्नेलाई सरकारले नछोड्ने
बताएका थिए ।
मुलुकको सुरक्षाअवस्था, राउतले सञ्चालन गर्दै आएको
आन्दोलन, त्यसले शान्तिसुरक्षामा पुर्याएको चुनौतीको
सूक्ष्म अध्ययन गरेर उनलाई पक्राउ गरिएको गृहमन्त्री निधिले प्रस्ट्याएका थिए ।

‘राष्ट्र विखण्डन गर्ने
उद्देश्यले आन्दोलन गरिरहेका सीके राउतलाई मुद्दा चलाउनु पर्नेछ । पहिले पनि
प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गर्दा अदालतको आदेशमा रिहा गरिएको थियो', निधिले बैठकमा राखेको भनाइ
उद्धृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘राष्ट्र विखण्डन गर्न खोज्नेलाई
बेपरबाह छोडिँदैन, नियन्त्रण गरिन्छ । झूटा झन्डा र स्वतन्त्र
राष्ट्रको नारा लगाउँदै राष्ट्र विखण्डन गर्न खोज्ने राउतका बारेमा प्रहरीले
सूक्ष्म ढंगले अध्ययन-अनुसन्धान गर्दै आएको थियो । त्यसकै आधारमा पक्राउ गरिएको हो
।'

निधिले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले
आगामी फागुन १ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेर रोल्पाको थबाङमा
बन्दसत्र गर्ने कार्यक्रम घोषणा गरेको भन्दै त्यसप्रति पनि सरकार संवेदनशील बनेको
बताए । ‘चन्दका गतिविधि गम्भीर प्रकृतिका छन् तर अहिले नै धरपकड र थुनछेक गर्नुपर्ने
देखिँदैन तर वाच गर्नुपर्ने देखिएको छ', उनले बैठकमा भनेका थिए ।

Sajhapost
Setopati
No comments:
Post a Comment